National life

चीनसँग प्रसारण लाइन र विद्युत् व्यापारको सम्झौता हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
623Shares
चीनसँग प्रसारण लाइन र विद्युत् व्यापारको सम्झौता हुँदैछ : प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा बिजुली व्यापार सम्झौता हुने बताएका छन् । भरतपुरमा मंगलबार २२० केभी क्षमताको प्रसारणलाइन उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

प्रधानमन्त्रीले छिमेकी देश चीनको भ्रमणमा छिट्टै जान लागेको र प्रसारण लाइन र विद्युत् व्यापारको सम्झौता हुने बताए ।

उनले भने ‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौं, नेपालको विद्युत् बंगलादेशसम्म पुर्याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ ।’

चीनतर्फ पनि बिजुली निर्यातको बाटो खुलेपछि देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्रीले जलविद्युत तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गाअधिग्रहणको समस्या मौजुदा कानुनको संशोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताए ।

याे पनि :


  • आँपटारी सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन सञ्चालनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

  • यो समाचार शेयर गर्नुहोस्
    623SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?