National life

बिक्री आम्दानी बढेसँगै तेह्रथुम पावरको नाफामा उल्लेख्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
555Shares
बिक्री आम्दानी बढेसँगै तेह्रथुम पावरको नाफामा उल्लेख्य वृद्धि
ncell

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिक मात्रामा बढेको छ।

यसअवधिमा खुद नाफा ८७६.१३ प्रतिशतले बढेर ६४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

Royal Enfield
nic asia capital
अघिल्लो वर्षको यसैअवधिमा यसले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ८.८५ प्रतिशतले बढेर ९ करोड १ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट यसले ८ करोड २७ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १२.४९ प्रतिशतले बढेर ५ करोड ९४ लाख ४३ हजर रुपैयाँ पुगेको छ ।पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । जगेडा कोष १३ करो ८९ लाख ९८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९० पैसाले बढेर ३ रुपैयाँ २३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ६५ रुपैयाँ २५ पैसा छ ।

 

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?