National life

विद्युत् उत्पादन आम्दानी बढेसँगै अपि पावरको नाफामा वृद्धि, समग्र सूचकमा थपिँदै सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
624Shares
विद्युत् उत्पादन आम्दानी बढेसँगै अपि पावरको नाफामा वृद्धि, समग्र सूचकमा थपिँदै सुधार
ncell

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले  ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार उक्त रकम बराबरको नाफा कमाएको हो । गत वर्ष कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा र विद्युत् उत्पादनबाट हुने आम्दानी बढेसँगै नाफामा उल्लेख्य सुधार आएको प्रस्तुत विवरणमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष २१ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले अहिले २२९.१० प्रतिशतले बढाएर ७१ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

साथै, गत वर्ष ६२ करोड रुपैयाँ रहेको विद्युत् उत्पादनबाट हुने आम्दानी अहिले बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ।  हाइड्रोपावरको जगेडा कोषमा ५५ करोड ७६ लाख रुपैयाँ जम्मा रहेको छ। यसको इपीएस १०.२६ रुपैयाँ रहेको छ ।

त्यस्तै, समीक्षा अवधिसम्म आउँदा चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.१८ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?