काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो । ८.५ मेगावाटबाट सुरु भएको अपिले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरेको छ ।
१७ महिनामै पहिलो आयोजना निर्माण सम्पन्न गरेको अपिले दोश्रो जलविद्युत आयोजनाको रुपमा सोहि नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना बनायो । यो आयोजना पहिलो आयोजना स्थल भन्दा ५ किलोमिटरमाथी छ । यस आयोजनाले २०७६ साल कार्तिक १३ गतेबाट व्यवसायिक उत्पादन गरिरहेको छ ।
कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमकै ठूलो जलविद्युत आयोजना हो ।
यी ३ वटा जलविद्युत आयोजनामध्ये ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा लिएको सम्पूर्ण ऋण तिरेर ऋण मुक्त भईसकेको छ । यस आयोजनाबाट कम्पनीले वार्षिक २३ करोड आम्दानी गर्छ । ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाले पनि वार्षिक २३ करोड नै आम्दानी गर्छ । ४० मेगावाट क्षमताको अपर चमेलियाले भने वार्षिक १ अर्ब ३५ करोड आम्दानी गर्छ । यसरी कम्पनीले जलविद्युत आयोजनाबाट वार्षिक १ अर्ब ८१ करोड आम्दानी प्राप्त गर्ने देखिन्छ ।
यसरी सुदूरपश्चिमबाट सुरु भएको अपि पावरको यात्रा अहिले पूर्वसम्म नै पुगिसकेको छ । विद्युत आयोजनाहरु विकास गर्ने भनेर २०६० असार ५ गते स्थापना भएको अपि पावर प्रा।लि।
यसै नीतिको कारण ८.५ मेगावाटको जलविद्युत आयोजना बनाएर उदाएको यस कम्पनी कम्पनी हालको अवस्थामा ६२.५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने कम्पनी भएको छ । १०० करोड चुक्ता पुँजीबाट सुरु भएको कम्पनीको चुक्ता पुँजी अहिले करिब ६०० करोड भईसकेको छ ।
कम्पनीले हाइड्रो मात्र नभई सोलार आयोजनाबाट पनि विद्युत उत्पादन गरि देशको कुल उर्जा उत्पादनमा ठूलो योगदान पुर्याईरहेको छ । हाल कम्पनीले तीन वटा सोलार आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यी ३ वटै आयोजना निर्माण गर्दा लागेको ऋण पनि कम्पनीले तिरेर अहिले कम्पनीका ३ वटै सोलार आयोजना ऋणमुक्त छन् । यी आयोजनाबाट कम्पनीले क्रमशस् ४ करोड ५० लाख, १ करोड १५ लाख र १ करोड १५ लाख रुपैयाँ वार्षिक आम्दानी गर्छ । यसरी सोलार आयोजना र जलविद्युत आयोजना गरि कम्पनीको कुल वार्षिक आम्दानी १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ हुन आउँछ ।
सुदूरपश्चिमको दार्चुलादेखि सुदुरपुर्वको ताप्लेजुङसम्म नै आयोजना निर्माण गरि कम्पनीले देशभर नै आफ्नो शशक्त उपस्थिति देखाएको छ । जलविद्युत आयोजना ३० वर्षपछि सरकारीकरण हुने भएकोले कम्पनीले एउटा आयोजना सरकारीकरण भएपछि त्यसले कम्पनीको आम्दानी नगुमोस् भनेर केही वर्षको अन्तरलमा नयाँ नयाँ आयोजना निर्माण गरिरहेको छ । साथै सरकारीकरण नहुने सोलार आयोजना, कृषि उत्पादन, हाउजिङ निर्माण लगायतला क्षेत्रमा लगानी गरिरहेको छ ।
एउटा ‘अम्ब्रेला अर्गनाइजेसन’को रुपमा रहेको अपि पावरले जलविद्युत र सोलार बाहेक अन्य थुप्रै क्षेत्रमा लगानी गरि लगानीलाई विविधिकरण गरिरहेको छ । अब कम्पनीले नवीनतम् हाइड्रोजन उर्जा उत्पादनको लक्ष्य लिएको छ भने थप लगानी विविधिकरणको लागि पानी उत्पादन गर्ने र अपार्टमेन्टसमेत निर्माणको तयारी गरिरहेको छ ।
७ कम्पनीमा शेयर लगानी
त्यस्तै अपि पावरले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा ३२ करोड ९२ लाख बराबरको शेयर लगानी गरेको छ । यस आयोजनाले ११ मेगावाट क्षमताको माथिल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८१ फागुनमा विद्युत उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । आईपीओ निष्काशनपश्चात यस कम्पनीमा अपि पावरको स्वामित्व ४५ प्रतिशत रहनेछ ।
अपि पावरले ७ करोड ५ लाख रुपैयाँ शेयर लगानी गरेर आफ्नो सहायक कम्पनीको रुपमा अपि हाइड्रो मेकानिकल लिमिटेड स्थापना गरेको छ । यसले अपि पावरलाई वार्षिक १० प्रतिशत लाभांश दिने अनुमान छ । यस कम्पनीले जलविद्युत आयोजनाहरुको लागि आवश्यक हाईड्रो मेकानिकल उपकरणहरु निर्माण गर्दछ । जलविद्युत आयोजनाहरु समयमा निमार्ण सम्पन्न गर्न चाहिने फलामका सामानहरु ९पेनस्टक पाईप, गेट, बाईफर्केशन, ट्रान्सर्याक, बेलमाउथ आदि० यस कम्पनीले उत्पादन गरिरहेको छ ।
अपि पावरले अपि चमेलिया पावर लिमिटेडमा २ अर्ब २० करोड लगानी गरेको छ । यस कम्पनीले ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । हाल आयोजनाको विद्युत खरिद बिक्री सम्झौता गर्ने चरणमा पुगेको छ। विद्युत खरिद सम्झौतापछि २०८१ को अन्त्यसम्ममा आयोजना निर्माणको चरणमा जाने छ ।
नेपालमा उत्पादित ऊर्जा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यका साथ २०७५ साल चैत्र ११ मा नेपाल पावर एक्सचेन्ज लिमिटेड दर्ता भएको छ । यस कम्पनीमा पनि अपि पावरले १० लाख रुपैयाँ लगानी गरेको छ । यस कम्पनीले विद्युत ब्यापारको अनुमति पाएपछि अपिले आफ्नो लगानी बढाएर १ करोड पुर्याउने तयारी छ । यस कम्पनीले अपि पावरलाई वार्षिक ५ देखि १० प्रतिशत लाभांश दिने अनुमान छ ।
अपि पावरको भगिनी संस्थाको रुपमा मकालु डेभलपर्स लिमिटेड र लटीनाथ कन्स्ट्रक्सन रहेको छ । यी कम्पनीले अपि पावरलाई आवश्यक पर्ने सिभिल तर्फको सामग्री उत्पादन गर्छ । मशिनरी बाहेक हाइड्रो निर्माणको लागि चाहिने मेकानिकल र सिभिल तर्फको सामान अपि पावर आफै उत्पादन गर्छ । आफैँले उत्पादन गर्दा जलविद्युत आयोजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने र खर्च पनि घटाउन सहयोग पुगेको कार्यकारी सञ्चालक न्यौपाने बताउँछन् ।
अबको लगानी पानी र अपार्टमेन्टमा
यस अलावा कम्पनीले ललितपुरको झम्सिखेलमा १२० करोडमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्नको लागि ३ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । अपार्टमेन्ट १० तले हुने, त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र २ वर्षमा लगानी सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । अपार्टमेन्ट निर्माण गर्नको लागि कम्पनीको रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाई छ । निर्माण सम्पन्न पश्चात अपार्टमेन्टबाट २० देखि ३० करोड आम्दानी हुने कम्पनीको प्रक्षेपण छ ।
नियमित लाभांश
भावी कार्यक्रम






































