National life

विद्युत् प्राधिकरण कार्यालय भैरहवा अगाडि उद्योगी र मजदुरको नाराबाजी सहित धर्ना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
630Shares
विद्युत् प्राधिकरण कार्यालय भैरहवा अगाडि उद्योगी र मजदुरको नाराबाजी सहित धर्ना
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै हालसम्म नौ वटा उद्योगको लाइन काटेको छ।

लाइन काटेको कारण उद्योग नचलेपछि १२ हजारभन्दा बढी श्रमिक प्रभावित भएको उद्योगीहरूले बताउदै आएका छन् । यही क्रममा भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदि पछि उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि विभिन्न नारा सहितको प्ले कार्ड लिएर धर्ना दिएका छन्।

Royal Enfield
nic asia capital
उनीहरुले फर्जी बिल फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । उद्योग व्यवसायी र मजदुरले आज आज दुई घण्टा धर्ना दिने घोषणा गरेका छन्।

धर्मामा करिब ४० वटा उद्योगका प्रतिनिधि धर्नामा सहभागी भएका छन् बिलिङ गरिएका २३ वटा उद्योगहरु बन्द भएका छन् । थप १७ वटा आज स्वतःस्फूर्त बन्द हुने क्रममा छन्,’ धर्नामा सहभागी एक प्रतिनिधिले भने , ‘हामी करिब ४० उद्योगका प्रतिनिधिहरु धर्नामा छौं ।’

उनका अनुसार पञ्चकन्या, समृद्धि स्टील, श्री स्टिल लगायतका उद्योगहरु बन्द भएका छन् । धर्नामा नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, रुपन्देही उद्योग संघका प्रतिनिधि लगायत सहभागी रहेका छन् ।

'उद्योगमा बिजुली छैन, हामी सडकमा छौं, उद्योगमा लाइन काट्न पाइँदैन, हाम्रो रोजगार ग्यारेन्टी गर, लगायतका प्लाकार्ड बोकेर उद्योगको गेट र विद्युत प्राधिकरणको आसपासमा उनीहरुले निरन्तर रुपमा धर्ना दिदै आएका छन् ।

लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद बढेको थियो । खासगरी ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत् प्राधिकरणले कतिपय उद्योगको बिजुलीको लाइन काट्न थालेपछि सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप चलेको छ ।

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?