National life

बत्ती गएको भनी गरिने झुटा प्रचारविरुद्ध ऊर्जा मन्त्रालयले थाल्यो कारबाही

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
489Shares
बत्ती गएको भनी गरिने झुटा प्रचारविरुद्ध ऊर्जा मन्त्रालयले थाल्यो कारबाही
ncell

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र कोशी प्रदेश कार्यालयले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र तथा ग्रीड महाशाखाहरूको संयुक्त अनुगमन तथा सेवा प्रवाह मूल्याङ्कन सम्पन्न गरेका छन्।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जा मन्त्री दीपक खड्काका स्वकीय सचिव भूपाल मान बस्नेतसहितको टोलीले आइतवार र सोमबार दुई दिनसम्म विराटनगर, दुहबी, इटहरी लगायतका वितरण केन्द्र तथा ग्रीड महाशाखामा स्थलगत अवलोकन गरेका हुन् । टोलीले अनुगमनकै क्रममा उपभोक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै विद्युत सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारको पक्षमा महत्त्वपूर्ण जानकारी संकलन गरेको छ।

टोलीले विशेष रूपमा विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रीड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए तापनि केही उपभोक्ताबाट आएको गुनासोमा गम्भीरताका साथ ध्यान दिएको जनाएको छ।

Royal Enfield
nic asia capital

अनुगमनकै क्रममा एउटा अचम्मित तुल्याउने घटनाले टोलीको ध्यान खिचेको थियो। सागर थापा नाम बताउने एक व्यक्तिले साँझ सवा ८ बजेतिर फोन गरी धनकुटामा विद्युत सेवा अवरुद्ध भएको जानकारी दिएका थिए । तर प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि विद्युत अवरुद्ध नभएको पुष्टि भयो।

थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दुःख दिने नियतले सम्पर्क गरेको खुलेको हो । ती व्यक्तिले अपमानजनक भाषा प्रयोग गरेर सामाजिक सञ्जालमा धम्कीपूर्ण शब्द पनि प्रयोग गरेको खुल्न आएको हो ।

ऊर्जा मन्त्रीका स्वकीय सचिव भूपाल मान बस्नेतका अनुसार ती व्यक्ति धरानको पानमाराबाट फोन गरिरहेको पत्ता लागेको छ। उनले झुटा जानकारीमार्फत नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको छवि धमिल्याउने प्रयास गरेको निष्कर्षमा पुगेपछि सम्बन्धित निकायमा सूचना दिइएको हो। अहिले ती व्यक्तिको सम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ।

केही दिन अघि मात्रै ऊर्जा मन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याउने चेतावनी दिएका थिए ।

ऊर्जा मन्त्रालय र कोशी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिँदै सत्य र तथ्यको आधारमा सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?