National life

रिज लाइन इनर्जीको नाफा १०६.४१ % ले बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
1.3kShares
रिज लाइन इनर्जीको नाफा १०६.४१ % ले बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग
ncell

काठमाडौँ। रिज लाइन इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले सो अवधिसम्म ९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.४१ प्रतिशतले बढी हो।

गत वर्षको यही अवधिमा कम्पनीको खुद नाफा ४ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि वृद्धि देखिएको छ। अघिल्लो वर्ष २२ करोड १ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु वर्षको समीक्षा अवधिमा बढेर २३ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, कम्पनीको वित्तीय खर्चमा उल्लेख्य कमी आएको छ। अघिल्लो वर्ष ८ करोड ९१ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर ५ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ। प्रशासनिक खर्च पनि ७३ लाख ७४ हजारबाट घटेर ४४ लाख ६४ हजारमा झरेको छ भने कर्मचारी सुविधा खर्च ८३ लाख २९ हजारबाट घटेर ६३ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ।

१ अर्ब १८ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति २२ करोड ८२ लाख रुपैयाँ र चालु दायित्व ४ करोड १३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.०६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.७४ रुपैयाँ रहेको छ। साथै, मूल्य–आम्दानी अनुपात ११८.७४ गुणा र तरलता अनुपात ५.५२ प्रतिशत कायम भएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?