National life

हकप्रद निष्कासनको तयारीमा जोशी हाइड्रोपावर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
672Shares
हकप्रद निष्कासनको तयारीमा जोशी हाइड्रोपावर
ncell

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विद्यमान सेयरधनीका लागि चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद जारी गर्ने जनाएको छ ।

कम्पनीले १० बराबर ६.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग मङ्सिर २० गते अनुमति मागेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशतले हुन आउने २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हकप्रद सेयर निष्कासन गर्नका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र ३९ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ । कम्पनीको पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा-१ आयोजना सञ्चालनमा रहेको छ ।

आयोजनाको कूल लागत प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँका आधारमा ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?