National life

 पृथ्वी शाहका दाजुभाइको सुनचाँदी लिलाम गर्दै नेपाल बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
600Shares
 पृथ्वी शाहका दाजुभाइको सुनचाँदी लिलाम गर्दै नेपाल बैंक
ncell

काठमाडौँ । नेपाल बैंक लिमिटेडले अमेरिकाबाट अवैध रूपमा ४० करोड रुपैयाँ भित्र्याउन विभिन्न व्यक्तिका नाममा २४ वटा भन्दा धेरै कम्पनी खडा गरेर शंकास्पद कारोबार गर्ने पृथ्वी बहादुर शाहका दाजुभाइको सुनचाँदी लिलाम गर्ने भएको छ ।

नेपाल बैंक लिमिटेडको कर्जा असुली विभागले पृथ्वी र उनका सहोदर भाइ विजयविक्रम साहका नाममा कुपन्डोल शाखामा धितोका रूपमा राखिएको सुनचाँदी लिलामीका लागि १५ दिने सूचना जारी गरेको छ ।

लिलामीको सूचनामा पृथ्वीका दाजुभाइसहित १२ जनाको नामावली प्रकाशित भएको छ । पृथ्वी र उनका भाइ अहिले पनि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उनीहरूको समूहमा रहेका १९ जनाविरुद्ध ठगी र क्रीतेसहित चार वटा अभियोगमा मुद्दा चलाएको छ । यो प्रकरणमा १३ जना अझै फरार रहेका बताइन्छ ।

रिमोट एक्सेसबाट पीडितहरूको डिभाइसमार्फत बैंक एकाउण्टमा पहुँच राख्ने र मौज्दात रकम नेपाल र थाइल्याण्डमा पठाउने गरेको रहस्य पहिल्यै खुलिसकेको छ । भारतको वेस्ट बङ्गालबाट काम गर्ने गरेको भए पनि नम्बर भने अमेरिकन नै देखिने गरेको तथ्य सीआईबीले फेला पारेको छ ।

साहको काठमाडौँ महानगरपालिका -७ भत्केको पुल नजिकैको निर्माणाधीन घरमा छापा मारेर सीआईबीले त्यो बेला झण्डै चार किलो सुन र केही किलो चाँदी, ल्यापटप बरामद गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?