National life

अधिक तरलता कायमै, आज पुनः ४० अर्ब खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
571Shares
अधिक तरलता कायमै, आज पुनः ४० अर्ब खिच्दै राष्ट्रबैंक
ncell

काठमाडौँ । बजारमा अधिक तरलता नरोकिएपछि नेपाल राष्ट्र बैंकले आज माघ २ गते बजारबाट ४० अर्ब खिच्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ।

Royal Enfield
nic asia capital

बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ। निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ। राष्ट्र बैङ्कको Online Bidding System Software मार्फत अपराह्न २ बजे भित्र आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

आवेदन दिदा घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ । बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?