National life

अधिक तरलता कायमै: आज ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, ३ बजे बोलकबोल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असोज २०८१, सोमबार
608Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज (असोज २१) गते ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त तरलता खिच्ने भएको हो। असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?