National life

अधिक तरलता थुप्रिने क्रम कायमै: आज ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, ३ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
574Shares
अधिक तरलता थुप्रिने क्रम कायमै: आज ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, ३ बजे बोलकबोल
ncell

काठमाडौँ – बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिने क्रम कायम रहेसँगै नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

जस अनुसार आज माघ २३ गते बैंकिङ्ग प्रणालीबाट केन्द्रीय बैंकले ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट उक्त रकम खिच्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल हुने छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

Royal Enfield
nic asia capital

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो २० दिने निक्षेप संकलन उपकरणको फागुन १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले यसअगाडि माघ २ गते ४० अर्ब, ६ गते ६० अर्ब , ९ गते ९० अर्ब , १३ गते ४० अर्ब रुपैयाँ र १५ गते ३० रुपैयाँ, २० गते ४० अर्ब रुपैयाँ तरलता खिचेको थियो।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?