National life

चुलिँदै अधिक तरलता : बैंकिङ प्रणालीबाट आज ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
1.3kShares
चुलिँदै अधिक तरलता : बैंकिङ प्रणालीबाट आज  ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक
ncell

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढेसँगै आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

यसको साँवा तथा ब्याज भुक्तानी जेठ २८ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?