National life

रोकिएन तरलता थपिनेक्रम: आज बैंकिङ्ग प्रणालीबाट ९० अर्ब खिच्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
883Shares
रोकिएन तरलता थपिनेक्रम: आज बैंकिङ्ग प्रणालीबाट ९० अर्ब खिच्दै केन्द्रीय बैंक
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिनेक्रम नरोकिएपछि  नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत पैसा खिचिरहेको छ। जस अनुसार आज माघ ९ गते बैंकिङ्ग प्रणालीबाट केन्द्रीय बैंकले ९० अर्ब रुपैयाँ खिच्न लागेको छ ।

तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने बैंकले जनाएको छ।

Royal Enfield
nic asia capital
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको माघ ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
883SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?