National life

क्यान इन्फोटेक २०२४ भव्यताका साथ सम्पन्न,कलाकार राजनीतिज्ञ लगायतको अवलोकन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
645Shares
क्यान इन्फोटेक २०२४ भव्यताका साथ सम्पन्न,कलाकार राजनीतिज्ञ लगायतको अवलोकन 
ncell

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’सम्पन्न भएको छ।

राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म प्रदर्शनी भएको क्यान इन्फोटेकको २९औं संस्करण हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत बिहिबार एक विशेष समारोहमाझ २९ औं संस्करणको क्यान इन्फोटेक २०२४ समुद्घाटन गरेकी थिइन्।

सोही अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरुसहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ । यसका लागि तयारी तीव्र पारिसकिएको क्यान महासंघले जनाएको छ ।

पाँच दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरु, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधि प्रेमीले अवलोकन गरेका थिए।

 

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?