National life

सीजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालबन्दी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
507Shares
सीजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालबन्दी
ncell

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।

पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन । धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको र कम्पनीले आफ्‍ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीयको भनाई छ ।

रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष स्थानीयबासिन्दा र कम्पनीका प्रतिनिधिबीच छलफल भइरहे पनि सहमति जुट्न नसक्दा युवाहरुले कार्यालयमा ताला लगाएका छन ।

Royal Enfield
nic asia capital
सुरुवाती चरणका काम भइरहेकाले केही समस्या भएको स्वीकार्दै केही समयमा नै प्राविधिकहरु बोलाएर समस्या समाधान गर्ने सीजी समुहको भनाई छ ।

गाउँको शिक्षा, स्वास्थ्य र स्थानीयबासिन्दाको रोजगारीप्रति कम्पनी सचेत रहेको भन्दै उनले स्थानीय बासिन्दाकै सहयोगमा उद्योग चलाउन आफूहक्करु तयार रहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?