National life
cg eloctronics

सूर्यकुण्ड हाइड्रोले १३.७९ लाख कित्ता आईपीओ निष्कासन गर्दै,कुमारी क्यापिटल बन्यो बिक्री प्रबन्धक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
923Shares
सूर्यकुण्ड हाइड्रोले १३.७९ लाख कित्ता आईपीओ निष्कासन गर्दै,कुमारी क्यापिटल बन्यो बिक्री प्रबन्धक
muktinatha bikash bank

काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्ने पक्का भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियबासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने अन्तिम तयारी गरि रहेको छ ।

आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त सम्झौतापत्रमा सुर्यकुण्ड हाइड्रोका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे।

अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरि ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको अवस्था छ । आयोजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जानकारी दिएको छ ।

यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत सेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अबको १० महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले बताएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ केभी डबल सर्किट ट्रान्समिसन लाईनमार्फत ८ किलोमिटर लामो समुन्द्रटार सवस्टेशनमा जडान गरिने कम्पनीले जानकारी दिएको हो।

everest bank

यस संस्थामा संलग्न समूहद्वारा प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढी विद्युत तथा सौर्य उर्जा उत्पादन भएको अवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
923SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?