National life

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

गुणस्तर, सेवा र ग्राहक सन्तुष्टिलाई कम्पनीले प्राथमिकतामा राख्दै आएको बताए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०८ असार २०८३, सोमबार
911Shares
दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा
ncell

 काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो नयाँ बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ को उद्घाटन गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा नेपालका पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शोरूमको उद्घाटन गरेका हुन् । समारोहमा स्वागत ग्रुपका सञ्चालक जगेश्वर यादवसहित व्यवसायी, ग्राहक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै सञ्चालक जगेश्वर यादवले स्वागत ग्रुपले २३ वर्षको सफल यात्रा पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको जानकारी दिँदै यो कम्पनीको छैटौँ आउटलेट भएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार नयाँ शोरूममा कजारिया, प्राइम, हिन्डवेयर, ज्यागुआर, पञ्चकन्या, मार्बल लगायत नौभन्दा बढी प्रतिष्ठित ब्रान्डका सामग्री एकै छानामुनि उपलब्ध गराइएको छ ।

उनले ग्राहकको माग र सुविधालाई ध्यानमा राख्दै नारायणटार क्षेत्रमा शाखा विस्तार गरिएको उल्लेख गर्दै गुणस्तर, सेवा र ग्राहक सन्तुष्टिलाई कम्पनीले प्राथमिकतामा राख्दै आएको बताए ।

‘हामीले २४ वर्षदेखि उच्च गुणस्तरका ब्रान्डेड सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। उपभोक्ताको आवश्यकता र छनोटअनुसार विभिन्न मूल्य र गुणस्तरका टाइल्स तथा अन्य निर्माण सामग्री उपलब्ध गराउँछौँ,’ उनले भने।

समारोहमा पूर्वप्रधानन्यायाधीश राउतले अन्तर्राष्ट्रियस्तरको शोरूम सञ्चालनमा आएकोमा शुभकामना व्यक्त गर्दै गुणस्तरीय सामग्री उपभोक्तासम्म पु¥याउने स्वागत ग्रुपको प्रयास प्रशंसनीय रहेको बताए । 

शोरूममा नेपाली कला र संस्कृतिको झल्को समेटिएको देख्दा आफू प्रभावित भएको उनको भनाइ थियो।

‘हामीले आफ्नो मौलिकता र पहिचान कहिल्यै छोड्नु हुँदैन,’ उनले भने, ‘व्यवसायीहरूले कानुन, विधि र सुशासनको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ। व्यवसाय र व्यापार समृद्ध भए मुलुकको समृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्छ।’

स्वागत ट्रेडिङ ग्रुपले नयाँ शोरूममार्फत टाइल्स, सेनेटरीवेयर, पाइपिङ सिस्टम, मार्बल तथा अन्य निर्माण सामग्रीको बिक्रीसँगै डिजाइन परामर्श र घरदैलो सेवासमेत उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार ग्राहकलाई उच्च गुणस्तरका ब्रान्डेड सामग्री प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता कायम रहनेछ ।

कम्पनीका अनुसार प्रिमियम टायलहरू जसमा कजरिया, इन्डोयर, प्राइम, जकर, पञ्चकन्या, टाइल्स, मार्वल लगायत मल्टि ब्राण्डका उत्पादनहरु छन् भने सेनेटरी वेयर तथा फिटिङ्स,मार्बल, बहुमूल्य ग्रेनाइटहरू र पाइप फिटिङ्स प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइन्छ । 

यो समाचार शेयर गर्नुहोस्
911SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?