National life

उद्योग र बिक्री केन्द्रबाट ग्यास बेच्दा अभाव झन् बढ्यो : महासङ्घ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|३१ साउन २०८३, आइतबार
998Shares
उद्योग र बिक्री केन्द्रबाट ग्यास बेच्दा अभाव झन् बढ्यो : महासङ्घ
ncell

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन बिक्रेतामार्फत बिक्री वितरणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

हाल ग्यास उद्योग तथा विभिन्न स्थानमा तोकिएका बिक्री केन्द्रबाट मात्रै ग्यास वितरण गर्ने व्यवस्थाले उपभोक्ताले सास्ती खेप्नुपरेको महासङ्घको भनाइ छ । उपभोक्तालाई उनीहरूकै नजिक रहेको आधिकारिक बिक्रेतामार्फत ग्यास उपलब्ध गराउने व्यवस्था गर्न महासङ्घले आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले आइतबार जारी गरेको विज्ञप्तिमा बिक्रेतामार्फत बिक्री नगरी उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट ग्यास वितरण गर्ने निर्णयले अभावको समस्या थप जटिल बनाएको उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महासङ्घले ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । साथै, उपभोक्तालाई सहज र व्यवस्थित रूपमा ग्यास उपलब्ध हुने वातावरण बनाउन आवश्यक पहल गर्न आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?