National life

बन्द उद्योग चलाउने सरकारको पहल, हेटौंडाबाट सुरुवात

उद्योग सञ्चालनको प्रारम्भिक प्रक्रियाका लागि ३३ लाख रुपैयाँ बजेट निकासा गरिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.1kShares
बन्द उद्योग चलाउने सरकारको पहल, हेटौंडाबाट सुरुवात
ncell

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी स्वरूप सरकारले आवश्यक कदम अघि बढाएको छ। उद्योग सञ्चालनको प्रारम्भिक प्रक्रियाका लागि ३३ लाख रुपैयाँ बजेट निकासा गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयसमक्ष प्रस्ताव पठाएको थियो। सो प्रस्ताव स्वीकृत भएसँगै रकम उपलब्ध गराइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मंगलबार राष्ट्रिय सभाको बैठकमा उद्योगमन्त्री गौरी कुमारीले उद्योग पुनः सञ्चालनबारे जानकारी दिँदै सरकार यस विषयमा अघि बढिरहेको बताइन्। सांसदहरूले उद्योग सञ्चालनको मोडालिटी र तयारीबारे उठाएका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्रीले यस्तो जानकारी दिएकी हुन्।

सरकारले बन्द उद्योगहरूलाई पुनर्जीवित गर्दै औद्योगिक गतिविधि विस्तार गर्ने नीति अनुरूप हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?