National life

कोइलाको अभावका कारण तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
500Shares
कोइलाको अभावका कारण तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सुरु
ncell

काठमाडौँ । पछिल्लो तीन महिना भन्दा लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले  पुनः सिमेन्ट उत्पादनको काम सुरु गरेको छ।

सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावका कारण देखाउँदै सिमेन्टले विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गरेको थियो ।

उद्योगमा आर्थिक सङ्कट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको उक्त उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिएका छन्। उद्योग व्यवस्थापनले हालै बोलपत्र आह्वान गरेको र वैकल्पिक उपायको अवलम्बन गरी हाल दुई चरणमा करिब एक हजार आठ सय मेट्रिक टन बराबर कोइला ल्याइसकिएको उद्योगले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया सुरु भइसकेको उद्योगका महाप्रबन्धक पाण्डेका  जानकारी दिएका छन्।कोइला ल्याउने ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकल्पिक उपाय अवलम्बन गरी आपसी समझदारीका आधारमा थप कोइला उधारोमा ल्याइरहेको पनि उहाँले पाण्डेको भनाई छ। सिमेन्ट उत्पादन गर्न प्रयोग हुने क्लिङ्कर यन्त्र आजदेखि पुनः सञ्चालनमा ल्याइएको छ ।

उद्योगमा क्लिङ्कर उत्पादनका लागि दैनिक १०० मेट्रिक टन कोइला आवश्यक पर्दछ । यसैबिच सो उद्योगका महाप्रबन्धक पाण्डेले अब नियमित कोइला आपूर्ति भइरहने हुँदा निकट भविष्यमा उद्योग बन्द नहुने जानकारी दिएका छन् ।

उद्योगमा साबिक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेकामा हाल विभिन्न उपकरण जीर्ण भएको हुँदा अहिले दैनिक १० हजार बोरा मात्र सिमेन्ट उत्पादन हुने गरेको सो उद्योगले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?