National life

विश्वका १० उत्कृष्ट विलासी होटलको सूची सार्वजनिक: नेपालको शिन्तामणि मुस्ताङ पहिलो स्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१२ साउन २०८३, मङ्गलबार
1KShares
विश्वका १० उत्कृष्ट विलासी होटलको सूची सार्वजनिक: नेपालको शिन्तामणि मुस्ताङ पहिलो स्थानमा
ncell

काठमाडौं - अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल पत्रिका रोब रिपोर्टले सार्वजनिक गरेको सन् २०२६ को विश्वका ५० उत्कृष्ट विलासी होटलको सूचीमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित शिन्तामणि मुस्ताङ विश्वकै सर्वोत्कृष्ट होटल बन्न सफल भएको छ।

विश्वभरका सयौँ ऐतिहासिक तथा बहुचर्चित होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै मुस्ताङको यो रिसोर्टले शीर्ष स्थान ओगटेको हो। रोब रिपोर्टका २४ जना विश्वविख्यात पर्यटन विज्ञहरूको टोलीले सेवाको गुणस्तर, भौगोलिक बनावट, व्यवस्थापन र मौलिकताका आधारमा मूल्याङ्कन गरी यो सूची तयार पारेको हो। यस सूचीको पहिलो स्थानमा नेपालको शिन्तामणि मुस्ताङ पर्न सफल भएको छ भने दोस्रो स्थानमा रुवान्डाको सिंगिता क्विटोन्डा लज, तेस्रो स्थानमा स्कटल्याण्डको होप लज, चौथो स्थानमा जापानको पार्क हयात टोकियो र पाँचौँ स्थानमा भारतको शक्ति प्राण परेका छन्।

त्यसैगरी छैटौँ स्थानमा मोरोक्कोको रोयल मन्सुर, सातौँ स्थानमा इटालीको भिला डि एस्टे, आठौँ स्थानमा थाइल्याण्डको अमनपुरी, नवौँ स्थानमा बेलायतको क्लारिज र दशौँ स्थानमा फिजीको लाउकाला आइल्याण्ड रिसोर्ट अटाउन सफल भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कालीगण्डकी नदीको तट तथा समुद्री सतहबाट करिब २ हजार ८ सय मिटरको उचाइमा अवस्थित नेपालको शिन्तामणि मुस्ताङ रिसोर्टलाई प्रख्यात डिजाइनर बिल बेन्स्लीले डिजाइन गरेका हुन्। परम्परागत हिमाली तथा तिब्बती शैली र स्थानीय बागलुङ ढुङ्गाको प्रयोग गरी २९ वटा विशेष विलासी सुइट कोठाहरू निर्माण गरिएका छन्, जसका ठूला सिसाका झ्यालहरूबाट निलगिरि र धौलागिरी हिमालको दृश्य स्पष्ट देख्न सकिन्छ। पाहुनाहरूका लागि हिमाली पदयात्रा, घोडचढी, धनुषबाणका साथै आठ सय वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध धर्मको अध्ययन र परम्परागत तिब्बती चिकित्सा पद्धति आम्चीको सेवा मुख्य आकर्षणका रूपमा रहेका छन्।

नेपाल केवल साहसिक पदयात्राका लागि मात्र नभई विश्वकै उच्चस्तरीय विलासी पर्यटनका लागि समेत उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश यस सम्मानले अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?