National life

आज एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
550Shares
आज एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
ncell

काठमाडौं। आज असार १९ गतेका दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असार २० गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनी मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशत (१७ करोड ३३ लाख ९१ हजार रुपैयाँ) बोनस शेयर र ०.२६८४ प्रतिशत (९१ लाख २५ हजार रुपैयाँ) बराबर नगद लाभांश (कर समेत) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले लाभांश पारितका लागि यही असार ३० गते सोमबार बारास्थित होटल इच्छा सिमरामा दिउँसो १ बजे १७औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले र नियमनकारी निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?