National life

आरबीसी कार्यान्वयनको एक वर्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
480Shares
आरबीसी कार्यान्वयनको एक वर्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
ncell

 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा काठमाडौँमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पुँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष : प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल भएका प्रगति, आइपरेका चुनौती र आगामी मार्गका सम्बन्धमा विस्तृत छलफल गरी बीमकहरूका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूका आरबीसी सम्बन्धी प्रतिवेदनहरू त्रैमासिक रूपमा विश्लेषण गर्ने प्रक्रिया प्राधिकरणले शुरू गर्ने जानकारी दिएका छन् ।

अध्यक्ष ओझाले भने, ‘‘बीमा कम्पनीहरूको वित्तीय विवरण पुस मसान्तभित्र स्वीकृत हुनुपर्छ भन्ने बीमा ऐनको बाध्यकारी व्यवस्था हो, ऐन बमोजिम पुस मसान्तभित्र वित्तीय विवरण स्वीकृत गराउने प्राधिकरणको प्रयास हो, यो प्रयासमा सहजीकरण गर्न प्राधिकरणको टिम तयार छ, बीमा कम्पनीहरूले पनि समयमै वित्तीय विवरण स्वीकृत हुने गरी कार्य अगाडि बढाउनुपर्छ, समयमै विवरण बुझाउँदा बीमकलाई नै राम्रो हुन्छ ।’’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा कम्पनीहरूले उचित प्रतिफल सुनिश्चित हुने गरी ठिक किसिमले लगानीको प्रस्ताव गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष ओझाले भने, ‘‘बीमा कम्पनीहरूले लगानी विविधीकरण गर्नुपर्छ तर ठिक ठाउँमा, कम्पनीहरूबाट प्रतिफल सुनिश्चित हुने गरी वास्तविक क्षेत्रमा ठिक तरिकाले लगानीको प्रस्ताव आउनुपर्छ, लगानीको प्रस्ताव गर्नुअघि कम्पनीका लगानी समितिले पर्याप्त अध्ययन विश्लेषण गर्नुपर्छ, जनताको पैसा सुरक्षित हुनुपर्छ ।’’

हाम्रो देश जस्ता देशहरूको अभ्यासलाई हेरेर क्यापिटल चार्जको व्यवस्था गरिएको र यो बढी भएमा समयानुकूल सुधार गर्न प्राधिकरण तयार रहेको जानकारी दिदै अध्यक्ष ओझाले बीमा उद्योगले सरकारले जारी गर्ने ऋणपत्रमा लगानी गर्न प्रयास शुरू गर्नुपर्ने र त्यसका लागि छुट्टै संयन्त्रक आवश्यक पर्ने धारणा राखेका छन् ।

अध्यक्ष ओझाले प्राधिकरणले सबै निर्देशिकाहरूलाई एकीकृत गरी परिमार्जन गर्न लागिरहेको उल्लेख गर्दै त्यसमा बीमकहरूबाट सुझावहरूको अपेक्षा रहेको जानकारी दिएका छन् । कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले आरबीसी कार्यान्वयन हाल संक्रमणको अवधिमा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरण गर्ने साझा उद्देश्य प्राप्तिमा दृढताका अगाडि बढ्न बीमा कम्पनीहरूसँग आग्रह गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले सबैजसो बीमकले आरबीसीको टार्गेट पूरा गरेको जानकारी दिएका छन् । नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल तथा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठुलो उपलब्धि भएको बताउँदै आगामी दिनमा यसलाई अझ परिष्कृत गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गरेका हुन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?