काठमाडौँ । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्सुरेन्सको सभा बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आज सम्पन्न भएको हो ।
साधारण सभाले साढे दुई प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलब एक तीन प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल भएको थियो ।
यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित भएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिका अध्यक्ष विमल प्रसाद वाग्लेले आव २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।






































