National life

नेपाल लाइफको संस्थापक शेयर आजदेखि बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
542Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
खरिदकर्ताले न्यूनतम ५० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंमा पुस ६ गतेसम्म आवेदन दिनुपर्नेछ ।

 

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?