National life

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दीपक भट्टको नाममा ३७ करोड दुरुपयोगको समाचार खण्डन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1.4kShares
नेपाल लाइफ इन्स्योरेन्सद्वारा दीपक भट्टको नाममा ३७ करोड दुरुपयोगको समाचार खण्डन
ncell

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी दिपक भट्टले आफ्नो सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ । कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार भट्टले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका सेयर दोस्रो बजारबाट खरिद गर्न आफ्नो सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भन्ने खबर निराधार छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको यस विषयमा दिपक भट्ट वा धितोपत्र दलाल नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रालिसँग कुनै संलग्नता वा कारोबार नरहेको स्पष्ट पारेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले आफू सधैं प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले बजारमा उत्पन्न भ्रम निराकरण गर्नका लागि यो स्पष्टीकरण जारी गरेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?