National life

नेपाल लाइफको विशेष योजना: निष्क्रिय बीमालेखमा २५%देखि १००%सम्म शुल्क छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.4kShares
नेपाल लाइफको विशेष योजना: निष्क्रिय बीमालेखमा २५%देखि १००%सम्म शुल्क छुट
ncell

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लामो समयदेखि नवीकरण नभएका बीमालेखहरूलाई पुनः सक्रिय बनाउन विशेष छुट योजना ल्याएको छ। पाँच वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बीमालेखमा बिलम्ब शुल्कमा २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यसअघि रजत जयन्तीको अवसर पारेर १८० दिनभन्दा बढी समयदेखि नवीकरण नभएका बीमालेखहरू वैशाख ७ देखि जेठ ५ सम्म नवीकरण गर्दा बिलम्ब शुल्क छुट दिने योजना ल्याइएको थियो। तर सो अवधिमा समेटिन नसकेका बीमितहरूको मागपछि वैशाख १७ देखि योजना परिमार्जन गरी बाँकी अवधि जेठ ५ सम्म नै लागू हुने गरी थप सहुलियत दिइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ व्यवस्था अनुसार केही बीमा योजनामा नवीकरण गर्दा बिलम्ब शुल्क पूर्ण रूपमा माफ गरिएको छ भने अन्य केही योजनामा ५० प्रतिशत छुट प्रदान गरिनेछ। बाँकी बीमा योजनाहरूमा भने २५ प्रतिशतसम्म छुट पाइनेछ।

कम्पनीले स्पष्ट पारेअनुसार, एकपटक यस्तो छुट सुविधा लिइसकेपछि सोही बीमालेखमा पुनः बिलम्ब शुल्क छुट नदिइनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?