काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको अधिकांश वित्तीय सूचक अब्बल देखिएका छन् । पछिल्लो दशकदेखि लगानीकर्तालाई निकै राम्रो लाभांश दिंदै आएको नेपाल लाइफ हरेक वर्ष मजबुत बन्दै गएको देखिएको छ । वित्तीय रिपोर्टहरु अरु बीमा कम्पनीको भन्दा धेरै अगाडि छ ।
मर्जरमा गएका कम्पनीहरुले पनि नेपाल लाइफलाई भेट्न सकेका छैनन् ।
हरेक वर्ष नम्बर १ को ताज लगाएको यस कम्पनी अबका वर्षमा पनि पहिलो नै हुने निष्चित नै देखिन्छ । यस्तो हुनुमा कम्पनीको समग्र वित्तीय अवस्था, शाखा सञ्चाजल, व्यवस्थापन, ग्राहकको विश्वास पनि हो । त्यसैगरी, अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको छ ।
नेपाल लाइफले ६३० को निकै बलियो सपोर्टलाई छोएर माथि फर्किएको छ । यो एरियालाई टच गरेर कम्पनी २ चोटी माथि फर्किएको छ । चार्ट अनुसार कम्पनीको आगामी प्रतिरोध ७०९ रुपैयाँ रहेको छ । यसलाई ब्रेक गरेमा कम्पनीको सेयर भाउ सहजै ८०० पुग्ने दखिन्छ ।
एमएसीडी लाइन पनि पोजेटिभ नै छ । अहिले एमएसीडी लाइन सिग्नल लाइन भन्दा माथि छ । जबसम्म यसैगरी यो इन्डिकेटरले संकेत गर्छ तबसम्म यसको भाउ बढ्ने देखिन्छ ।
यता, कारोबार रकम पनि बढ्न सुरु गरेको छ । लगानीकर्ताको रोजाइमा वर्षौदेखि पर्दै आएको यो कम्पनीले जीवन बिमा समूहबाट बुल लिड गर्ने विश्लेषकहरुले बताएका छन् ।
कम्पनीको भाउ गत बुलमा धेरै बढेको थिएन । निकै साइडवेजमा रहेको हुनाले अब बढ्ने दखिएको हो ।




































