काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ।
इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको १८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात् इन्स्योरेन्सको शेयरमूल्य ८०७ रुपैयाँ ८० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अर्थात् बिहीबार दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम शेयरमूल्य प्रतिकित्ता ९५३ रुपैयाँ २० पैसा कायम भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।
इन्स्योरेन्सले साउन २३ गते, शुक्रवार, प्रभु इन्स्योरेन्सको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।





































