काठमाडौँ। प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ।
असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ ।







































