National life

राष्ट्रिय बीमा कम्पनीको मुनाफा बढ्यो,प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ कात्तिक २०८०, शनिबार
520Shares
राष्ट्रिय बीमा कम्पनीको मुनाफा बढ्यो,प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणले कम्पनीको अधिकांश सूचक बृद्धि भएको देखाएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा १३ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा पाँच करोड ३८ लाख रुपैयाँ कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्षको असोज महिनासम्ममा कम्पनीको महाविपत्ती कोषमा ४२ करोड ३५ लाख रुपैयाँ, संचिती जगेडा कोषमा तीन अर्ब ४२ करोड र अन्य इक्युटीमा ११ अर्ब रुपैयाँ रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १५४० रुपैयाँ २९ पैसा रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?