काठमाडौँ । सिमिकोटको लागि उडान भर्ने क्रममा जंगली बँदेल सँग ठोक्किएर दुर्घटनाग्रस्त भएको क्षतिको बीमादावी बापतको रकम राष्ट्रिय बीमा कम्पनीले सीता एयर लिमिटेडलाई आज भुक्तानी गरेको छ ।
नागरिक उड्ड्यण प्राधिकरण बीमित रहेको airport liability बीमालेख अन्तर्गत 02 nov 2021 मा नेपाल्गन्ज विमानस्थलमा सीता एयरको Dornier 228 Aiecraft जहाज दुर्घटना भएको थियो ।
नागरिक उड्ड्यन प्राधिकरणको कार्यालय सिनामङ्गलमा प्राधिकरणको रोहवरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.शिवहरी श्रेष्ठले सीता एयरको प्रतिनिधिलाई दाबी वापतको रु ८ करोड ८३ लाख ८९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त बीमा दाबी भुक्तानी कार्यक्रममा प्राधिकरणको कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक हंसराज पाण्डे र राष्ट्रिय बीमा कम्पनीका नायब कार्यकारी अधिकृत सुवास कोइराला को समेत उपस्थिति रहेको थियो।
नेपालमा पहिलो पटक विमानस्थलको तेस्रो पक्ष दायित्व बापत यति ठुलो रकम बीमा दाबी भुक्तानी गरेको हो ।
































