National life

राष्ट्रिय बीमा कम्पनीको नाफा सहित प्रतिशेयर आम्दानीमा वृद्धि, कस्तो छ अन्य सूचक ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
706Shares
राष्ट्रिय बीमा कम्पनीको नाफा सहित प्रतिशेयर आम्दानीमा वृद्धि, कस्तो छ अन्य सूचक ? 
ncell

काठमाडौँ। राष्ट्रिय बीमा कम्पनीको खुद नाफामा गत आवको प्रथम त्रैमासको तुलनामा १३ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उक्त रकम बराबरको नाफा आर्जन गरेको हो ।

गत आवमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएकोमा कम्पनीले चालू आवमा १५ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ। चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा कम्पनीको कुल आम्दानी ३१ करोड ३६ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४१ करोड ५१ लाख रुपैयाँभन्दा बढी छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० पनि वृद्धि भएको छ। गत आवको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ६३ पैसा रहेकोमा चालू आवमा बढेर ५८ रुपैयाँ ७२ पैसा पुगेको छ। गत आवको प्रथम त्रैमाससम्म कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ। कम्पनीको प्रथम त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६६ करोड ५१ लाख रुपैयाँ र स्पेसल रिजर्भमा ३ अर्ब १ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १ हजार २२३ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?