काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एन्सोरेन्सले कुल १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल कायम संस्थापक शेयरले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले ३५ दिन अर्थात् २०८२ भदौ २ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेश दिनुपर्नेछ ।
तोकिएको समयभित्र कोहीकसैको निवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।





































