National life

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
506Shares
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम कम्पनीको थापाथलीस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने र उप-निर्देशक पदमप्रसाद सोडारीले विषयगत प्रस्तुति दिएका थिए । कार्यक्रमको आयोजना सिटिजन लाइफ इन्स्योरेन्सका कानुनी, अनुपालन तथा जोखिम व्यवस्थापन विभागका अधिकृत विदुरबहादुर भुजेलले गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अभिमुखीकरणमा ग्राहकको सम्पत्ति र आयको श्रोत सम्बन्धी विवरण संकलन, ग्राहक पहिचान फारमको अद्यावधिक र अवैध स्रोतबाट आर्जित रकमलाई बीमाको माध्यमबाट सेतो धन बनाउने प्रक्रियालाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कम्पनीले यस किसिमको अभिमुखीकरण कार्यक्रमलाई नियमितरूपमा सञ्चालन गर्दै आएको छ। काठमाडौं उपत्यका बाहिरका शाखा तथा अभिकर्ताहरूका लागि समेत यस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, जसमा प्रमुख कार्यकारी अधिकृत श्री पोषकराज पौडेल स्वयं सहभागी भई यसको महत्व र प्रभावबारे जानकारी दिनुहुन्छ।

सिटिजन लाइफले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई देशभर विस्तार गर्ने योजना समेत अघि सारेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?