National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा १८४ प्रतिशतले बढ्यो,अन्य सूचांक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
576Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा १८४ प्रतिशतले बढ्यो,अन्य सूचांक कस्ता ?
ncell

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४० करोड ६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १८४ प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ३८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील ८५ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले ६० करोड १५ लाख खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको जगेडा कोष २१ प्रतिशतले घटेर ६९ करोड ८ लाख रुपैयाँमा संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ३१ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष १८ प्रतिशतले बढेर १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ९ करोड ४४ थियो । कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४१ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा रहेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?