National life

हिमालयन लाइफ इन्स्योरेन्सको १६औं बार्षिकोत्सवमा प्रभातफेरि सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
1.2kShares
हिमालयन लाइफ इन्स्योरेन्सको १६औं बार्षिकोत्सवमा प्रभातफेरि सम्पन्न
ncell

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्सले १६औँ वार्षिकोत्सवको अवसरमा आज बिहान राजधानी काठमाडौँमा भव्य प्रभात फेरि कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौं । सिईओ मनोज कुमार कर्णको नेतृत्वमा काठमाडौँको हात्तीसारस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभात फेरि कमलपोखरी, कमलादी, भद्रकाली, सुनधारा, रत्नपार्क, जमल, दरबार मार्ग हुँदै हात्तीसारस्थित केन्द्रीय कार्यालयमा पुगेर समापन भएको छ ।

१६औँ वार्षिकोत्सवको अवसरको पूर्व सन्ध्यामा हिजो सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको कम्पनीले आज बिहानै प्रभात फेरि कार्यक्रम आयोजना गरिएको हो ।

Royal Enfield
nic asia capital
प्रभात फेरि कार्यक्रममा कम्पनीका सिईओ मनोज कुमार कर्ण, डेपुटी सिईओ कपिल कुमार दाहाल लगायतको सहभागिता रहेको थियो ।

१६औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रभात फेरि कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोज कुमारलाल कर्णले उत्साहित भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

सिईओ कर्णले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी नेपालको नम्बर वान कम्पनी बन्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै छिट्टै देशको सबैभन्दा उत्कृष्ट पहिलो नम्बरको कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सिईओ कर्णले तीन वटा कम्पनी मर्जर भई बनेको हिमालयन लाइफ नेपाली बीमा कम्पनीहरूको मर्जरको सफल इतिहास भएको बताउँदै सबै कर्मचारीहरूलाई उत्साह भाव र एकताबद्ध भएर काम गर्न आह्वान गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?