National life

हिमालय लाइफले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क छुट दिने ,सर्तहरू के छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
453Shares
हिमालय लाइफले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क छुट दिने ,सर्तहरू के छन् ?
ncell

काठमाडौँ । हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बिमा लेखमा लाग्ने जरिवाना शुल्कमा मा छुट दिने भएको छ।

कम्पनीले साबिकको प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बिमा गराई व्यतीत भएका बीमालेखहरुमा छुट दिने भएको हो ।

इन्स्यारेन्सले उक्त बीमालेखहरुमा मंसिर १० गतेदेखि २५ गतेसम्ममा नवीकरण÷पुनर्जागरण गर्दा विभिन्न सर्तहरूको अधीनमा रही बीमाशुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान जनाएको छ।

कम्पनीका अनुसार ३ वर्ष सम्मका व्यतीत बीमालेखमा शतप्रतिशत, ३ वर्ष भन्दा माथिदेखि ७ वर्षसम्मका व्यतीत बीमालेखमा ५० प्रतिशत र ७ वर्ष माथिदेखि जतिसुकै अवधिको व्यतीत बीमालेखमा २५ प्रतिशत छुट दिने जानकारी गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उल्लेखित व्यतीत बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बिमा अवधिभर एक पटक मात्र प्रदान गरिने छ । यसका साथै कम्पनीबाट ब्याज-जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु बीमालेख बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार सरेन्डर गर्न चाहेमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवाना बापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले जनाएको छ ।

व्यतीत भएको बीमालेख जोखिम बहन नगर्ने हुँदा समयमानै आफ्नो नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवाना छुटको लाभ लिनुका साथै बीमालेख अनुरूपको जोखिम बहन हुने व्यवस्था गरी ढुक्क हुन समेत कम्पनीले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?