काठमाडौं । प्रभु इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्सुरेन्स कम्पनीले ५ करोड ६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २१.२८ प्रतिशतले धेरै हो।
कम्पनीको कुल दाबी भुक्तानी १४ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत वर्ष १६ करोड ६४ लाख रुपैयाँ थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ९ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष इन्सुरेन्सले ४ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यसको उक्त आम्दानी २ करोड ५३ लाखबाट बढेर ४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । प्रभुको ग्रस इन्सुरेन्स कन्ट्याक्ट लियाबलिटिज् (बिमा कोष) १ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
असोजसम्म यसले १२ करोड ९५ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा २८.७४ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड ६ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा छ । प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ रहेको छ ।





































