National life

बेनी हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

२३ लाख बढी आवेदक, ८६ हजारलाई मात्रै सेयर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०५ असोज २०८३, सोमबार
410Shares
बेनी हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट
ncell

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आईपीओका लागि कुल २३ लाख ६१ हजार १२४ जनाले आवेदन दिएका थिए । उनीहरूले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राप्त आवेदनमध्ये २३ लाख ५ हजार २३३ जनाको आवेदन योग्य ठहरिएको थियो । योग्य आवेदकको संख्या निष्कासन गरिएको सेयरको तुलनामा निकै बढी भएपछि गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो ।

बाँडफाँटमा ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी योग्य आवेदकको हात भने रित्तो भएको छ ।

८ लाख ६३ हजार २०० कित्ता आईपीओ

बेनी हाइड्रोपावरले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, मेरो सेयर तथा सिडिएस एन्ड क्लियरिङको आईपीओ नतिजा हेर्ने वेबसाइटमार्फत हेर्न सकिनेछ ।

नतिजा हेर्ने माध्यमहरू :

  • एनएमबि क्यापिटलको आईपीओ वेबसाइट

  • मेरो सेयर

  • सिडिएस एन्ड क्लियरिङको आईपीओ रिजल्ट वेबसाइट

  • यो समाचार शेयर गर्नुहोस्
    410SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?