National life
cg eloctronics

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

एयरलाइन्सले आफ्ना वेबसाइट, मोबाइल एप तथा डिजिटल प्लेटफर्ममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०३ असार २०८३, बुधबार
1KShares
आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
ncell

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेपछि विश्वभरका धेरै एयरलाइन्सले भाडादर बढाएका छन् । तर नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु आकर्षित गर्न छुट योजनामार्फत प्रतिस्पर्धामा उत्रिएका छन् ।

विशेषगरी मलमास र वर्षायामका कारण यात्रुको चाप घटेपछि विभिन्न एयरलाइन्सले आफ्ना वेबसाइट, मोबाइल एप तथा डिजिटल प्लेटफर्ममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन् ।

यस क्रममा बुद्ध एयरले धनगढी उडानमा १ हजार २०० रुपैयाँ, सुर्खेत र नेपालगञ्जमा १ हजार रुपैयाँ, भद्रपुरमा ८०० रुपैयाँ तथा भैरहवामा ६५० रुपैयाँसम्मको छुट उपलब्ध गराइरहेको छ । साथै कम्पनीले माइलेज प्वाइन्टसमेत प्रदान गरिरहेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यति एयरलाइन्स र श्री एयरलाइन्सले पनि आफ्ना विभिन्न प्लेटफर्ममार्फत यस्तै प्रकारका छुट योजना सञ्चालन गरिरहेका छन् । एयरलाइन्सबीच बढ्दो प्रतिस्पर्धाले यात्रुहरूलाई भने प्रत्यक्ष लाभ पुगेको छ ।

भद्रपुरबाट काठमाडौं यात्रा गरेकी उर्मिला लिम्बुले छुट योजनाले यात्रामा केही राहत मिलेको बताइन् । धनगढीका आलोक विष्टले पनि महँगो भाडादरका बीच १ हजार २०० रुपैयाँ छुट पाउँदा आफ्नो खर्च घटेको प्रतिक्रिया दिए । यसैबीच बुद्ध एयरका मार्केटिङ अफिसर रुपेस जोशीले अहिले लागू गरिएको व्यवस्था भाडादर समायोजन नभई ‘स्किम’ भएको स्पष्ट पारेका छन् ।

उनले भने, “यो भाडा समायोजन होइन, स्किम मात्रै हो। बुद्ध एयरको ‘फ्लाइ क्लब’ (माइलेज कार्ड) का सदस्यहरूलाई छुट सुविधा दिइएको हो ।”

जोशीका अनुसार उक्त योजना गत जेठ १ गतेदेखि लागू गरिएको हो भने हाललाई करिब एक महिनासम्म सञ्चालन हुने गरी ल्याइएको छ । योजनाको अवधि आवश्यकताअनुसार परिवर्तन हुन सक्ने भएकाले अहिले नै निश्चित समय तोक्न नसकिने उनले बताए ।

हवाई सेवामा बढ्दो छुट योजनाले यात्रु आकर्षित गर्न सहयोग गरे पनि यसले एयरलाइन्सहरूको वित्तीय अवस्थामा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुने देखिन्छ । अपुष्ट रूपमा केही आन्तरिक एयरलाइन्समा कर्मचारीको तलब वितरणमा ढिलाइ भएको चर्चा पनि सुनिन थालेको छ। जानकारहरूका अनुसार वित्तीय दबाब बढेमा विमान मर्मतसम्भार तथा इन्जिन व्यवस्थापनमा समेत असर पर्न सक्ने जोखिम रहन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?