काठमाडौं । बैंकिङ कसुर सम्बन्धी दुई मुद्दामा सजाय ठहर भएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाका दुर्गा बहादुर भण्डारी रहेका छन् । उनीमाथि काठमाडौं जिल्ला अदालतले ८ दिन कैद र १७ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएपछि फरार रहेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउपछि भण्डारीलाई आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, ववरमहलमा पेश गरिएको प्रहरीले जनाएको छ ।


































