National life

रसुवा विपद्को वास्तविक कारण के थियो? चिनियाँ वैज्ञानिकले सार्वजनिक गरे नयाँ तथ्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
1.2kShares
रसुवा विपद्को वास्तविक कारण के थियो? चिनियाँ वैज्ञानिकले सार्वजनिक गरे नयाँ तथ्य
ncell

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढी ल्याउने घटनाको कारणबारे चिनियाँ वैज्ञानिकहरूले नयाँ तथ्य सार्वजनिक गरेका छन् । उनीहरूका अनुसार यो विपद् तत्कालको भारी वर्षाका कारण नभई उच्च हिमाली क्षेत्रमा भएको ठूलो हिमपहिरो र त्यसपछि बाटोमा थप माटो तथा चट्टान मिसिँदै जाँदा सिर्जना भएको थियो ।

भदौ १० गते बिहान नेपालको लाङटाङ लिरुङको उत्तरी उच्च हिमाली क्षेत्रमा ठूलो मात्रामा बरफ र चट्टान खसेको थियो । तीव्र गतिमा खोँच हुँदै तल झरेको बरफ–चट्टानको थुप्रोले बाटोमा थप सामग्री बगाउँदै लगेपछि विशाल हिलोको लेदोमा परिणत भएको अध्ययनले देखाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बती पठारसम्बन्धी संस्थाको नेतृत्वमा गरिएको संयुक्त अध्ययनले घटनाको सम्पूर्ण क्रम विश्लेषण गरेको हो ।

वैज्ञानिकहरूले भूउपग्रहबाट खिचिएका तस्बिर, भू–भागसम्बन्धी विवरण, भूकम्प मापन केन्द्रका अभिलेख, निगरानी क्यामेरा तथा भिडियो सामग्रीको विश्लेषण गरेका थिए ।

अध्ययनअनुसार विपद्को स्रोत क्षेत्रमा घटनाअघि केही महिनासम्म वर्षा सामान्यभन्दा कम थियो । घटनाभन्दा ठीकअघि समेत ठूलो वर्षा भएको प्रमाण नदेखिएको वैज्ञानिकहरूले बताएका छन् ।

बरु, वर्षौँदेखि हिमनदी तुलनात्मक रूपमा तीव्र गतिमा सर्दै जानु, हिमनदीको अग्रभागतर्फ लगातार बरफ पुग्नु तथा वसन्त र गर्मीमा सामान्यभन्दा बढी तापक्रम रहनुले हिउँ पग्लिने दर बढाएको र स्थायी तुषारो कमजोर बनाएको वैज्ञानिकहरूको निष्कर्ष छ ।

अध्ययनअनुसार विपद्को स्रोत क्षेत्रमा घटनाअघि केही महिनासम्म वर्षा सामान्यभन्दा कम थियो । घटनाभन्दा ठीकअघि समेत ठूलो वर्षा भएको प्रमाण नदेखिएको वैज्ञानिकहरूले बताएका छन् ।

बरु, वर्षौँदेखि हिमनदी तुलनात्मक रूपमा तीव्र गतिमा सर्दै जानु, हिमनदीको अग्रभागतर्फ लगातार बरफ पुग्नु तथा वसन्त र गर्मीमा सामान्यभन्दा बढी तापक्रम रहनुले हिउँ पग्लिने दर बढाएको र स्थायी तुषारो कमजोर बनाएको वैज्ञानिकहरूको निष्कर्ष छ ।

यसका कारण बरफ र चट्टानबीचको सतहको स्थिरता कमजोर हुँदै गएको र लामो समयको प्रक्रियापछि हिमनदी अस्थिर बनेको हुन सक्ने उनीहरूको भनाइ छ ।

यद्यपि घटनाको तत्कालीन र निश्चित कारणबारे निष्कर्षमा पुग्न पर्याप्त प्रमाण अझै नभएको वैज्ञानिकहरूले बताएका छन् । उपलब्ध प्रमाणले भने यो विपद् छोटो समयको अत्यधिक वर्षाका कारण मात्र नभएको देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार विपद्को विनाशकारी शक्ति प्रारम्भिक हिमपहिरोमा खसेको सामग्रीको मात्राले मात्रै निर्धारण भएको थिएन ।

बरफ र चट्टानको थुप्रो करिब २२ किलोमिटर लामो खोँच हुँदै तल झर्दा बाटोमा रहेको नदीको सतह, खोँचको पिँध तथा आसपासका भिरबाट ठूलो मात्रामा माटो र चट्टान कटान गरी आफूसँगै बगाएको अध्ययनले देखाएको छ ।

नदीको पानीसँग मिसिएपछि प्रारम्भिक बरफ–चट्टानको पहिरो विशाल हिलोको लेदोमा परिणत भएको थियो । बाटोमा थप सामग्री मिसिँदै जानु केरुङसम्म पुग्दा विपद्को तीव्रता बढाउने प्रमुख प्रक्रिया बनेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

अनुसन्धानकर्ताहरूले मुख्य हिमपहिरो जानुभन्दा केही घण्टाअघि स्रोत क्षेत्रमा सम्भावित अस्थिरताका संकेतसमेत फेला पारेका छन् ।

भूकम्प मापन केन्द्रका अभिलेखमा मुख्य घटना हुनुअघि केही असामान्य संकेत देखिएको अध्ययनमा उल्लेख छ । तीमध्ये केही संकेत घटनास्थलमा देखिएका साना बरफ तथा हिउँका गतिविधिसँग करिब उही समयमा देखिएका थिए ।

यसबाट ठूलो पहिरो जानुअघि स्रोत क्षेत्रमा सानातिना बरफ तथा सामग्री खस्ने घटना भएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

यस्ता संकेतलाई थप भूकम्प मापन केन्द्र, ध्वनि तरंगसम्बन्धी अभिलेख तथा भिडियो फुटेजमार्फत अध्ययन गर्नुपर्ने उनीहरूले बताएका छन् । यसले उच्च हिमाली क्षेत्रमा हिमनदी अस्थिर हुने छोटो अवधिको प्रक्रिया पहिचान गर्न तथा सम्भावित पूर्वसूचना प्रणाली विकास गर्न आधार दिन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

अध्ययनले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा हुने विपद्को जोखिम मूल्याङ्कन गर्दा स्रोत क्षेत्रमा कति सामग्री खस्न सक्छ भन्ने कुरामा मात्र ध्यान दिन नहुने सुझाव दिएको छ ।

स्रोत क्षेत्रको स्थिरता, बाटोमा थप सामग्री मिसिन सक्ने सम्भावना तथा तल्लो क्षेत्रमा रहेका बस्ती र महत्वपूर्ण पूर्वाधारलाई समेत समेटेर समग्र विपद् शृङ्खलाको जोखिम मूल्याङ्कन गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार यो घटना उच्च हिमाली क्षेत्रमा हिमनदीको अस्थिरता कसरी कटान र थप सामग्री मिसिने प्रक्रियामार्फत तीव्र गतिमा विनाशकारी हिलोको लेदोमा परिणत हुन सक्छ भन्ने उदाहरण हो ।

अध्ययनले विपद्पछिको उद्धार, क्षतिको मूल्याङ्कन तथा पुनःनिर्माणका लागि वैज्ञानिक आधार प्रदान गर्नुका साथै हिमालय क्षेत्रमा सीमापार विपद् निगरानी, पूर्वसूचना, जोखिम मूल्याङ्कन तथा संयुक्त रोकथाम र प्रतिकार्यका लागि समेत उपयोगी आधार दिने अपेक्षा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?