काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २१.१९ अंकले घटेर २,६१२.४२ विन्दुमा झरेको छ।
आज बजारमा कुल १ करोड ५१ लाख १ हजार कित्ता सेयर खरिद–बिक्री भएका छन्। ती सेयरको कारोबारबाट कुल ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबारको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल २७९ कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ। त्यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ। हिमाल दोलखाको ५.३१ प्रतिशत, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको ४.३८ प्रतिशत, कालिका लघुवित्तको ४.३४ प्रतिशत र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ३.५९ प्रतिशतले बढेको छ।
त्यसैगरि, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३७ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्स्को २५ करोड १० लाख, शिवम् सिमेन्टको १६ करोड ५७ लाख, सोलु हाइड्रोपावरको १५ करोड ७ लाख, लिबर्टी इनर्जीको १४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
समग्रमा खरिदकर्ताभन्दा बिक्रीकर्ताको दबाब बढेपछि बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको हो।































