National life

कमिसनको लोभमा बैंक खाता नदिन प्रहरीको अपिल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
926Shares
कमिसनको लोभमा बैंक खाता नदिन प्रहरीको अपिल
ncell

काठमाडौं । साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले नागरिकलाई आकर्षक कमिसनको प्रलोभनमा परेर आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न नदिन कडा चेतावनी दिएको छ ।

प्रहरीका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले अपरिचित मानिसलाई आकर्षक कमिसनको प्रलोभन देखाउँदै बैंक खाता प्रयोग गर्न दिन आग्रह गर्ने गरेका छन् । यस्तो प्रस्ताव स्वीकार गर्दा खाताधनी स्वयं पनि कानुनी समस्यामा पर्न सक्ने जोखिम रहने प्रहरीले जनाएको छ ।

ठगहरूले अवैध रूपमा आर्जित रकम विभिन्न व्यक्तिका खातामा राख्ने र त्यसपछि नगद झिक्ने वा अन्यत्र सार्ने तरिका अपनाउने गरेको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस प्रक्रियामा प्रयोग भएका खाताका वास्तविक धनीहरू समेत अनुसन्धानको दायरामा पर्न सक्छन् ।

केही व्यक्तिहरूले सानो फाइदाको आशामा आफ्नो खाता प्रयोग गर्न दिने वा अरूका लागि आफ्नै नाममा खाता खोलिदिने गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ । यस्तो कार्यले आर्थिक अपराधमा अप्रत्यक्ष संलग्नता देखिन सक्ने भएकाले गम्भीर कानुनी परिणाम आउन सक्ने चेतावनी दिइएको छ ।

प्रहरीले बैंक खाता व्यक्तिगत र संवेदनशील सम्पत्ति भएकाले कुनै पनि अवस्थामा अरूलाई प्रयोग गर्न नदिन तथा एटीएम, पिन, पासवर्ड वा ओटीपीजस्ता विवरण कसैसँग पनि साझा नगर्न सबैलाई अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
926SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?