National life
cg eloctronics

भारतमा क्रूर हत्या: भाजपा नेतासहित तीन जनालाई कारमै जलाइयो

कारलाई योजनाबद्ध रूपमा ठक्कर दिई आगो लगाइएको प्रहरीले जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०५ असार २०८३, शुक्रबार
3KShares
भारतमा क्रूर हत्या: भाजपा नेतासहित तीन जनालाई कारमै जलाइयो
ncell

एजेन्सी । भारतको छत्तीसगढ राज्यस्थित कोरिया जिल्लामा पुरानो बालुवा खानी विवादले भयावह रूप लिँदा एक भाजपा नेता सहित तीन जनाको ज्यान गएको छ।

मंगलबार साँझ भएको घटनामा सवार कारलाई योजनाबद्ध रूपमा ठक्कर दिई आगो लगाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीहरूले कारमा इन्धन छर्केर पीडितहरूलाई जिउँदै जलाउने प्रयास गरेका थिए।

घटनासँग सम्बन्धित चार जना विशाल, सत्यकुमार, अक्षय र महेन्दरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सोनहत क्षेत्रको काटगोडी गाउँमा भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

६० वर्षीय भारत सिंह आफन्तहरूसँग यात्रा गरिरहेका बेला टिपर ट्रकले उनीहरूको कारमा ठक्कर दिएको थियो। ठक्करपछि कारका ढोका जाम हुँदा उनीहरू बाहिर निस्कन नसकेको र त्यसपछि आगो लगाइएको बताइएको छ।

यस घटनामा भारत सिंहको घटनास्थलमै मृत्यु भएको थियो भने उनका भाइ नगेन्द्र सिंह गम्भीर घाइते अवस्थामा उपचारका क्रममा ज्यान गुमाएका छन्। अर्का आफन्त वीरेन्द्र प्रताप सिंहलाई भने कुटपिट गरेर हत्या गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई परिवारबीच बालुवा खानी व्यवसायलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो, जसले अन्ततः हिंसात्मक रूप लिएको हो।

घटनापछि छत्तीसगढमा राजनीतिक बहस समेत सुरु भएको छ। विपक्षी कांग्रेसले अवैध बालुवा उत्खननसँग जोडिएको माफिया समूहबीचको विवादलाई कारण मानेको छ भने भाजपा पक्षले आरोपितहरूसँग पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।

मुख्यमन्त्री विष्णु देव साईले घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। प्रहरीले पक्राउ परेकामाथि हत्या लगायतका अभियोगमा अनुसन्धान अघि बढाएको छ।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?