National life
cg eloctronics

घरमा धेरै आँप सुरक्षित राख्ने ५ उपाय

सही तरिका अपनाए आँप लामो समय ताजा राख्न सकिन्छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
1.4kShares
घरमा धेरै आँप सुरक्षित राख्ने ५ उपाय
ncell

काठमाडौं । अहिलेको आँप सिजनमा बजारदेखि फलफूल पसलसम्म थरीथरीका आँप पाइन्छन्। धेरैले एकै पटक १०–१२ किलोसम्म आँप किनेर घर ल्याउने गर्छन्। तर यति धेरै आँप भण्डारण गर्नु चुनौती पनि हुन सक्छ। सही तरिका अपनाए आँप लामो समय ताजा राख्न सकिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१) सबै आँप एउटै ठाउँमा नराख्ने

एउटा आँप बिग्रियो भने अरू पनि छिट्टै कुहिन सक्छन्, त्यसैले अलग–अलग राख्नु राम्रो हुन्छ।

२) काँचो र पाकेको आँप छुट्याउने

पाकेको आँपले ग्यास निकाल्ने भएकाले काँचोलाई पनि छिट्टै पकाउँछ, त्यसैले छुट्टै राख्नुपर्छ।

३) फ्रिजको प्रयोग गर्ने

पाकेको आँपलाई मात्र फ्रिजमा राख्दा ५–७ दिनसम्म ताजा रहन्छ।

४) पत्रिकामा बेरेर राख्ने

काँचो आँपलाई पत्रिकामा बेर्दा प्राकृतिक रूपमा पाक्ने र छिटो बिग्रने सम्भावना कम हुन्छ।

५) तातो र गुम्सिएको ठाउँबाट जोगाउने

प्रत्यक्ष घाम वा प्लास्टिक झोलामा लामो समय राख्दा आँप चाँडै बिग्रिन सक्छ।

सही भण्डारण विधि अपनाए आँपको स्वाद र ताजापन लामो समयसम्म जोगाउन सकिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?