काठमाडौं । नेप्से परिसूचकमा सोमबार दोहोरो अंकको गिरावट देखिएको छ। परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा झरेको हो।
आज १ करोड ३९ लाखभन्दा बढी कित्ता सेयर करिब ६ अर्ब रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीको मूल्य घटेको छ, जहाँ २३४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने ३६ कम्पनीमा मात्र वृद्धि देखिएको छ र ५ कम्पनी स्थिर रहेका छन्।
गिरावटबीच केही कम्पनीहरूको सेयर भने उकालो लागेको छ। एभरेष्ट कलर, गरिमा समृद्धि योजना, सानिमा बैंक डिबेन्चर, गोर्खाज फाइनान्स र एनआईएमबी डिबेन्चरले उल्लेख्य वृद्धि गरेका छन्।
त्यसैगरि, रिलायन्स स्पिनिङ मिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
ग्लोबल आईएमई बैंकको २८ करोड १३ लाख, रिडी पावरको २२ करोड १३ लाख, कुमारी बैंकको १७ करोड २२ लाख, सेन्ट्रल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।































