काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ४.६४ अंकले घट्दै २६९६.६७ विन्दुमा झरेको हो।
यस दिन कुल १ करोड ४ लाख २१ हजार कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। बजारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
बढ्ने कम्पनीतर्फ एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले उकालो लागेको छ। त्यस्तै लक्ष्मी उन्नति कोष ९.१० प्रतिशत, गरिमा समृद्धि योजना ५.९८ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ४.३९ प्रतिशत र सिटिजन्स सुपर म्युचुअल फण्ड ३.८१ प्रतिशतले बढेका छन्।































